काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।
प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन् । अभियुक्तहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरुबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए ।


