काठमाडौँ, १ फागुन । स्थानीय बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।
यसैगरी, बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो ।
गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


