काठमाडौं । नेपाली कांग्रेसले भोलि (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सावर्जनिक गरिने जनाएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।


