४ आश्विन २०८१, शुक्रबार 1726832262
विश्व

तालिवानसँग सम्बन्ध बढाउँदै भारत

नयाँदिल्ली — अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दस महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध बढाएको छ ।

अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामग्री पठाएर तालिवान सररकारसँग आफूलाई ‘इन्गेज’ राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव (पीएआई) जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ ।अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामग्री पठाएर तालिवान सररकारसँग आफूलाई ‘इन्गेज’ राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव (पीएआई) जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ ।तर पछिल्लो समय तालिवान सरकारसँग सम्बन्ध विस्तार गर्नका लागि भारत सक्रिय हुन थालेको हो । सिंहको नेतृत्वमा काबुल पुगेको भारतीय टोलीले गर्ने भेटवार्ता तालिवान नेताहरूसँगको पहिलो औपचारिक वार्ता हुनेछ । यसअघि अनौपचारिक रूपमा भने भारतले विभिन्न सम्पर्कमार्फत तालिवान नेतासँग कुराकानी गर्दै आएको थियो ।