काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले एक सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभरको क्षतिमा ८ विकेट गुमाउँदै एक सय ३३ रन जोड्न सफल भएको हो । खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाललाई लज्जास्पद स्कोरबाट सुरक्षित राखे । उनीे ४७ बलमा ५८ रन जोडेर आउट भए । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सुवास खकुरेलले अर्धशतक बनाएका थिए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे ।
नेपालका लागि लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रनको योगदान गरे ।


