झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताएका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिए ।
काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गरेका हुन् ।
ओलीले अब चुनाव हुने आशा बढेको बताए। ‘चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौँ,’ ओलीले थपे, ‘चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी।’ अध्यक्ष ओलीले निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको बताए ।


