काठमाडौँ । नेपाली कांग्रेसका मधेस प्रदेश समिति सभापति तथा मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यसपटकको निर्वाचनमा कांग्रेसभित्र मत–मतान्तर नभएको बताएका छन् ।
जनकपुरको तिरहुँतियामा बुधबार आयोजित प्रतिज्ञा सभामा बोल्दै यादवले भने, ‘यसअघिका प्रतिनिधिसभा/प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा मत मतान्तर हुन्थे, अहिले त्यस्तो भइरहेको छैन । मतान्तर राख्नेहरू अहिले उम्मेदवारको खम्बा भएर अघिपछि लागेर हिँडेका छन् ।’
उनले जेनजी आन्दोलनको भावना र चाहनालाई सम्बोधन गर्दै गगन थापालाई विशेष महाधिवेशनमार्फत सभापति बनाइएको बताए । यद्यपि मुख्यमन्त्री यादव विशेष महाधिवेशनको पक्षमा लागेका थिएनन्। सङ्घमा कांग्रेसको सरकार नहुँदा मधेस प्रदेशमा सरकार भएर केही काम गर्न नसकिने उनले बताए ।


