काठमाडौं : जुम्लामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ७ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनापछि निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरेको हो।
उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए ।


