काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त घटना अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचानको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


