काठमाडौँ : नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने नेता–कार्यकर्तालाई कारबाहीको तयारी गरेको छ।
शुक्रबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा यससम्बन्धी छलफल भएको छ ।
समितिका सभापति तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, उनीहरूका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासनविपरीतका क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सहभागी एक नेताका अनुसार उम्मेदवारी निष्क्रिय हुन निर्देशन दिने र नमानेमा कारबाही गर्ने निर्णय भएको छ। साथै बैठकले अनुशासन समितिको कार्यविधि २०८२ पारित गरेको छ।


