१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
Banner

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै राजावादीको माइतीघरमा प्रदर्शन

सूचना प्रेस २०८२ फाल्गुन १० आइतबार ००:००, १५:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ : वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

हिन्दु अधिराज्य नेपाल पुनः स्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव र्‍याली समेत निकालेका थिए ।

प्रदर्शनमा सहभागीहरूले हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुनः स्थापना गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले दुर्गा प्रसाईँलाई रिहा गर्न समेत माग गरेका थिए ।