काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोसी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा समेत एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


