काठमाडौं : धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई शनिबार एक समारोहबीच कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पार्टीमा स्वागत गरेका छन् ।
उम्मेदवार महावीर यादवले आफ्नो समर्थन कांग्रेस उम्मेदवार महेन्द्रलाई रहेको बताए । उनले कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको बताए ।


