काठमाडौँ : रौतहटको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सशस्त्र प्रहरीले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । लुटपाट गर्न खोजेको आरोपमा मंगलबार दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।
पक्राउ पर्नेमा २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने अर्का एक जना फरार छन् । सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले सोही राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि सशस्त्रले नियन्त्रणमा लिएको हो । उनीहरूलाई सशस्त्रले थप अनुसन्धानको लागी स्थानीय प्रहरीलाई जिम्मा लगाएको छ ।


