पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोजकुमार चौधरी पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–२ मा नियमित चेकजाँचका क्रममा चौधरी सवार गाडी रोकेर चेकजाँच गर्दा शंकास्पद वस्तु फेला परेपछि चौधरीसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले जानकारी दिए ।
उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको उनले बताए । पाठकका अनुसार उम्मेदवार चौधरीसहित गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


