काठमाडौं । सर्लाही–४ मा ३ हजारभन्दा बढी मतगणना, घण्टी अघि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ३ हजार ६९ मतगणना सम्पन्न भएको छ। पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नले अग्रता लिएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टीले १ हजार ९०८ मत प्राप्त गरेको छ। त्यस्तै रुख चुनाव चिह्नले ५३६ मत पाएको छ भने तारा चुनाव चिह्नले ३७९ मत प्राप्त गरेको छ।
यसैगरी सूर्यले ६९ मत पाएको छ। हर्न र छाता चुनाव चिह्नले समान १५–१५ मत प्राप्त गरेका छन् भने मोबाइलले ६ मत पाएको छ।


