काठमाडौं । चितवन-२ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् ।
विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले २८४५ मत पाएका छन् ।


