बारा । बारा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी निर्वाचित भएका छन्। अन्सारीले एमालेका कृष्णकुमार श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् ।
अन्सारीले ४१ हजार २ सय मत पाँउदा श्रेष्ठले ११ हजार ६३९ मत पाए। यस्तै जनता समाजवादी पार्टीका सञ्जु शाहले ७ हजार ५ ९३ मत पाएकी छन्। माओवादी परित्याग गरि रास्वपाबाट उम्मेदवार बनेका अन्सारी केन्द्रीय राजनीतिमा प्रवेश गर्न सफल भएका हुन् ।


