बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पछ्याउँदै अघि बढेका छन् ।
बाजुराको हिमाली, खप्तड छेडेदह र बुढीगंगा नगरपालिकाको मतगणना सकिँदा कांग्रेसका जनकराज गिरीले रुख चिन्हमा ५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका थापाले ५ हजार ५ सय ६ मत पाएका हुन् । कांग्रेसका गिरी एमालेका थापाभन्दा ४ सय १५ मतले अग्रस्थानमा छ्न् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार १ सय ६९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । नेकपाका प्रकाशबहादुर शाहले ७ सय ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, केशर शाहीले हलो चिन्हमा १ सय १०, दिपक डीसीले आँखामा ८३, भुपेन्द्र विक गुलाफमा ७२ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७ मत पाएका छन् ।
बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।


