अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार उनी १० हजार ७५९ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भीम रावललाई ५२६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् ।


