काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै थापाले सिंहलाई सफल कार्यकाल शुभकामना दिएका हुन् ।
थापाले आफूलाई माया, विश्वास र मत दिने क्षेत्रका सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै, उनले निर्वाचनका क्रममा आफूले देखेका समस्याहरू समाधान गर्न आफ्नो पहल र क्षमताभित्र रहेर निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सर्लाही ४ मा रास्वपाका सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए ।


