२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:34 am
समाचार

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

सूचना प्रेस २०८२ फाल्गुन २४ आइतबार ००:००, १६:२१ बजे १ मिनेट पढाइ

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।