झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ । झापाको गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जानकारी दिएको हो ।
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ । मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले बताए । उनले एक्कासि घरमा आएर आफूसँग विवाद उनको भनाई छ ।
उनले भने, ‘उहाँ किन घरमा आउनु भयो ? रिसीइवी के हो ? त्यो पनि थाहा छैन। उनले एक्कासि विवाद गर्दै हातपात गरे ।’
सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।
प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।


