२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 12:28 am
समाचार

रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरूद्धको रिट हेर्न नभ्याइनेमा

सूचना प्रेस २०८२ फाल्गुन २५ सोमबार ००:००, १५:१५ बजे १ मिनेट पढाइ

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुुसलमानको संयुक्त इजलासमा परेको यो रिटमाथि आज सुुनुवाई नहुने भएको छ । अदालतले यो मुद्दालाई हेर्न नभ्याईनेमा राखेको छ ।

महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकोमा उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र युवराज पौडेल सफलले बेग्लाबेग्लै रिट दायर गरेका थिए । आज सुनुवाईको लागि पेशी चढेको थियो । अहिले मुद्दा हेर्न नभ्याईनेमा राखिएको छ ।