२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 6:11 pm
Banner

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

सूचना प्रेस २०७८ माघ १६ आइतबार ००:००, ०९:०६ बजे १ मिनेट पढाइ

काठमाडौं – राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।