गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उम्मेदवार सुधन गुरूङ विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई पराजित गरेका हुन् ।
गुरूङले २९ हजार ८ सय ९६ मत ल्याउँदा खत्रीले १५ हजार ३ सय ९८ मत पाए । नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याएका छन्।


