काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २९ हजार ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत पाए ।.


