२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 10:42 pm
समाचार

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

सूचना प्रेस २०८२ फाल्गुन २५ सोमबार ००:००, १७:४५ बजे १ मिनेट पढाइ

काठमाडौं : कैलालीमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा उनका श्रीमान् धनगढी उपमहानगरपालिका-७, देवरिया बस्ने ३५ वर्षीय डम्मरराज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डम्मरराजले शनिबार राति धारिलो हतियार प्रहार गर्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो । वारदात स्थानबाटै फरार भएका उनलाई प्रहरी चौकी ढकेरी शम्सेरगंज बाँकेबाट खटिएको प्रहरीले बाँके राप्ती सोनारी गाउँपालिका-८ ओभरीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।