३१ बैशाख २०८३, बिहिबार 1778778826
Banner

रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् । 

मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् ।

उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त गर्दै आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गरेका छन् । साथै उनले भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

मोदीले भारत र नेपालबिचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । उनले दुवै देशले संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा व्यक्त गरेका छन् ।नेपालको हालै सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्रीले पार्टीका शीर्ष नेतासँग टेलिफोन वार्ता गर्दै बधाई दिएका हुन् ।