२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:18 am
Banner

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

सूचना प्रेस २०८२ फाल्गुन २६ मंगलबार ००:००, ०९:५० बजे १ मिनेट पढाइ

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।

संखुवासभामा भएको प्रतिस्पर्धात्मक चुनावमा कार्कीले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।