काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार, बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । “बैठकको समय र स्थान तय भएको छैन,” उनले भने ।
समानुपातिक उमेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।


