काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज (शनिबार) दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । अध्यक्ष ओली पितृ शोकमा छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा हिजो शुक्रबार निधन भएको थियो ।
आजको एमाले सचिवालय बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन परिणाम लगायत समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।


