१७ बैशाख २०८३, बिहिबार 1777561966
राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक भोलि चैत १ गते (आइतबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने बताइएको छ ।