गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टार नजिकै दुर्घटना भएको छ ।

माइक्रोबस करिब दुई सय मिटर तल भीरमा खसेको स्थानीय प्रहरीले बताएका छन् । माइक्रोबसमा करिब १४ जना यात्रु सवार थिए । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका थिए।
दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनाबारे थप विवरण भने आउन बाँकी छ।


