७ जेष्ठ २०८३, बिहिबार 1779363166
राजनीति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा समानुपातिक सांसद छनोटको विषय मुख्य एजेण्डा रहेकाे छ ।

निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुने जनाइएको छ ।

कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउने भएको छ ।  गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।