३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 1:36 am
Banner

बालुवाटार पुगेर गगन–विश्वप्रकाशलगायत कांग्रेस नेताले भेटे प्रधानमन्त्री

सूचना प्रेस २०८२ चैत्र १ आइतबार ००:००, १९:३८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आइतबार साँझ सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । भेटका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिकामा रहेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

साथै, कांग्रेस नेताहरूलाई चुनावको परिणामबाट विचलित नहुन र अघि बढ्न पनि प्रधानमन्त्रीले सुझाव दिइन् ।