१९ बैशाख २०८३, शनिबार 1777745410
समाचार

रास्वपाको समानुपतिक सूचीप्रति कोशीकी कार्यवाहक अध्यक्ष तामाङको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले सूची तयार गर्दा कोशी प्रदेश को भौगोलिक र जातीय प्रतिनिधित्व पर्याप्त रूपमा समेटिन नसकेको गुनासो गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत उनले कोशीका केही योग्य व्यक्तिहरूलाई समावेश नगरेको भन्दै प्रश्न उठाएकी छन्। उनका अनुसार शोभा कार्की, सत्यकला राई र मीरा लाबुङ जस्ता नाम सूचीमा नपर्नु दुःखद भएको टिप्पणी गरेकी छन्।

पार्टीले यस्तो निर्णय गर्दा प्रदेशको सन्तुलित प्रतिनिधित्वमा असर पर्ने सम्भावना रहेको उनले चेतावनी दिएकी छन्।