काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथमा धन्यवाद पूजा गरेकी छिन् । आज बिहान पशुपतिनाथमा पुगेर प्रधानमन्त्रीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद पूजा गरेकी हुन् ।
मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै कार्कीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गरेकी छन् ।
पूजामा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत सहभागी थिए ।


