१ जेष्ठ २०८३, शुक्रबार 1778890042
विश्व

सी जिनपिङको पुस्तक जलाएको घटनाको छानबिन गर्न समिति गठन

विराटनगर । चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

गृह मन्त्रालयले मोरङका सहायक सीडीओ सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । घटनाप्रति चासो व्यक्त गर्दै चिनियाँ दूतावासले सरकारको ध्यानाकर्षण गरेको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा भएको घटनामा यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो ।