४ आश्विन २०८१, शुक्रबार 1726867183
Banner

नेकपा एसका नयाँ मन्त्रीको सपथ आज गर्ने भनिएपनि छैन कुनै तयारी

काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्ने भनिएपनि सपथ ग्रहणको कुनै तयारी नभएको बुझिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म सपथ ग्रहण गर्नका लागि राष्ट्रपति भवन शितल निवासमा जानकारी गराइएको छैन ।

नेकपा एसले एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो ।
सिफारिस भएका मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम थियो ।

नेकपा एसले नयाँ मन्त्रीको नाम हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको भएपनि अहिले सम्म सपथ ग्रहण हुने नहुने टुंगो नभएको स्रोतले बतायो ।