२८ बैशाख २०८३, सोमबार 1778497282
समाचार

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ : अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा स्याङ्जा बिरूवा गाउँपालिका-२ घर भएका ३४ वर्षीय भेषराज वाग्लेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत ह्वाट्सएप नम्बर मागी सम्पर्क गरी आफू अमेरीकन आर्मीमा कार्यरत रहेको भनी विभिन्न बहाना बनाई प्रलोभनमा पारी हाल विदामा नेपालमा जग्गाको कर तिर्न आएको लगायतको झुठ्ठा आश्वासन दिलाई रकम माग गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-७ थानकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।