काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ ।

सालमनीदेवी हाईड्रोपावरले आयोजना प्रभावितलाई रु.१०० अंकित दरका ८,५०,००० कित्ता र सर्वसाधारणलाई रु.१०० अंकित दरका ८,५०,००० कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।


