२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 8:58 pm
समाचार

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सूचना प्रेस २०८२ चैत्र ११ बुधबार ००:००, १०:४२ बजे १ मिनेट पढाइ

मकवानपुर : कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।