३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 2:20 am
समाचार

भिरबाट लडेर वडासदस्यको मृत्यु

सूचना प्रेस २०८२ चैत्र १३ शुक्रबार ००:००, ०९:४८ बजे १ मिनेट पढाइ

कैलाली : चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।