काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।
आज गृहमन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् । ‘जेनजी’ आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने उनको भनाइ छ ।


