२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:35 pm
राजनीति

गृहमन्त्रीद्वारा दीपक खड्काविरुद्ध जारी पक्राउ पुर्जी सार्वजनिक

सूचना प्रेस २०८२ चैत्र १५ आइतबार ००:००, १०:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले पक्राउ पुर्जी सार्वजनिक गर्दै पूर्वऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गर्नुको कारण बताएका छन्।

गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।’

कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।