२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:21 pm
राजनीति

नेकपाले बोलायो संसदीय दलको बैठक

सूचना प्रेस २०८२ चैत्र १५ आइतबार ००:००, ११:३६ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको नेकपाका सांसद मातृका यादवले जानकारी दिए।

आज दिउँसो १ बजे पेरिसडाँडामा बस्नेगरी बैठकको खबर आएको छ,’ यादवले भने।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्ष र समानुपातिक गरी १७ सिटमा जित निकालेको छ।

आजको बैठकबाट नेकपाले संसदीय दलको नेता चयन गर्ने सम्भावना छ। नेकपाले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ।