काठमाडौं । सम्पत्ति शुद्धीकरण र शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका लागि शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई भैरहवाबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइँदै गरेको प्रहरी स्रोतले जनाएको छ । हिजो शुक्रबार साँझ उनका बुबा ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल परेका थिए ।
यसअघि बिहीबार व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सीआईबीले काठमाडौंबाट पक्राउ गरेको थियो । भट्टसँग जोडिएको अनुसन्धानका लागि शंकरलाल र उनका छोरा सुलभलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।


