काठमाडौँ । लमजुङको ङादीस्थित बेसिशहर–उस्ता भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बेसिशहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ज ६४७० नं.को जिप सडकदेखि अन्दाजी ६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मर्स्याङदी ७ लमजुङ मर्स्याङदी–७ उस्ता निवासी ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन्।
मर्स्याङदी ७ उस्ताकी ३३ वर्षीया रीता गुरुङ र ४० वर्षीया विमलादेवी घले टाउकोमा चोट लागेको छ। ७ वर्षीय सफल गुरुङ टाउको र छातीमा चोट लागेको छ भने ६२ वर्षीय सन्तबहादुर घर्ती टाउको र ढाडमा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यसैगरी प्रकाश गुरुङ‚ जिप चालक २९ वर्षीय करण अधिकारी‚ रीतेश गुरुङ‚ प्रिसिका गुरुङ‚ सोमलाल तामाङ‚ बिवान घले‚ इन्द्र गुरुङ‚ रुद्रमान घले सहित १२ जना घाइते भएका छन्।


