२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:23 pm
Banner

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

सूचना प्रेस २०८२ चैत्र २५ बुधबार ००:००, १४:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति लिएको हो ।

उनीहरुविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान हुने भएको हो । देउवा दम्पत्ति हाल विदेशमा रहेका छन् ।